logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपनिर्वाचन : स्थानीय तहका कूल ४८ पदका लागि २७३ उम्मेदवार


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ।

निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली शनिबार प्रकाशन गरेको हो।

कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए।