logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज आठौं राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरी मनाइँदै


अंकुरण खबर
4.901K
Shares

काठमाडौं – आज मंसिर १ गते, आठौं राष्ट्रिय कर दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ ।

‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’भन्ने मूल नारासाथ आन्तरिक राजश्व विभाग र मातहतका कार्यालयले आइतबारदेखि आठौं राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाउन लागेको हो ।

करदातालाई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार देशभरका कर कार्यालयले विशेष कार्यक्रम गर्नेछन् । त्यसैगरी उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्थाहरुले पनि कर दिवसका अवसरमा विशेष कार्यक्रम गर्नेछन् ।

आजै सरकारले मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दैछ ।

नेपालमा २०५४ साल मंसिर १ देखि मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको हो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको मंसिर १ गतेलाई कर दिवस मनाउने निर्णय गरेको थियो ।