राजधानीको तिनकुनेमा बिजुलीको पोलमा आगलागी भएको छ ।
अव्यवस्थित तारका कारण विद्युत सट भएर आगलागी भएको हो । आगलागीबाट अन्य कुनै क्षति भने हुन पाएन ।
आगलागी हुनसाथ दमकल प्रयोग गरी आगो निभाइएको थियो ।
बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।