logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबैले स्वास्थ्य मापदण्ड पालना गरे यही वर्षको अन्त्य सम्ममा कोरोना सकिन्छ : डब्ल्युएचओ


अंकुरण खबर
650
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताएका छन् ।

उनले भनेका छन्, ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हो । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य गरौं ।’

महासचिव गेब्रिसियसले कोरोना भाइरसबाट विश्वको कुनै पनि व्यक्ति अछुतो नरहेको बताएका छन् । यसकारण जबसम्म विश्वमा कोरोना रहन्छ संसारका सबै व्यक्ति जोखिममा रहन्छन् । सिंगो विश्वलाई जोखिममुक्त बनाउने हो भने स्वास्थ्यका सबै मापदण्ड पालना गर्नु पर्ने उनले बताएका छन् ।

कोरोना महामारीका कारण संसारका कयौं व्यक्ति नियमित खोप र स्वास्थ्य उपचारबाट समेत बन्चित भएका छन् । जसले  भविष्यमा दीर्घकालिन रोगको जोखिम समेत बढेको छ । विश्वलाई यो महामारीबाट बचाउन डब्ल्युएचओले ‘बायोहव’ बनाएको उनले बताए ।

यो ‘बायोहब’लाई विश्वका सबै देशले अनुसरण गर्ने उनको विश्वास छ ।

यसै बीच पछिल्लो समय विश्वमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको छ । यो कोभिड -१९ भन्दा धेरै नै संक्रामक रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । नेपालको छिमेकी देश भारतमासमेत १७ सय मानिसमा ओमिक्रोन’ पुष्टि भइसकेको छ ।

नेपालमा पनि हाल सम्म तीन जनामा ओमिक्रोन पुष्टि भइसकेको छ ।

एजेन्सी