logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त मर्जरमा जानु पर्ने


अंकुरण खबर
1.04K
Shares

बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढि क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अनिवार्य रुपमा मर्जरमा जानु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी दोहोरो लगानी भएमा अनिवार्य मर्जरमा जानु निर्देशन दिएको हो ।

यसै गरी बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरु पनि मर्जरमा जानु पर्ने प्रावधान तोकिएको छ । मर्जरमा जानका लागि असार मसान्त सम्ममा राष्ट्र बैंकमा कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।