नेकपा माओवादी केन्द्रको आजको बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेको छ ।
तर पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी आगामी पुस २५ गते सम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरिएको छ ।
विशेषगरी महासचिवमा सहमति नजुट्दा आज पदाधिकारी चयन हुन नसकेको बताइएको छ ।