logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्नेछौं : प्रधानमन्त्री ओली


अंकुरण खबर
2.977K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्र, भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलामा सम्बोधन गर्दै ओलीले भारतले मिचेको नेपाली भुमि कालापानीको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको बताए ।

भारतले पछिल्लो समय नेपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे मुख खोलेका हुन् ।

उनले नेपालको नक्सा फेर्नुपर्छ भनेर आएका मतहरुलाई अस्वीकार गरे । ‘कतिपयले नक्सा फेर्नुपर्छ भनेका छन् । तर नक्सा फेरेर केही हुँदैन । मिचिएको भूमि फिर्ता गर्नुपर्छ’, उनको भनाइ छ ।

उनले अहिलेको सरकार नेपाली जनताको र देशभक्त सरकार भएकाले आफ्नो भूमि एक इन्च पनि मिच्न नदिने र अरुको जमिन पनि आफूहरुलाई नचाहिएको बताए ।