राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।
एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो ।
सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको छ ।