logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कांग्रेस महोत्तरीको चेतावनी : जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने


अंकुरण खबर
1.222K
Shares

नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिबेशन अस्वीकार गरेको छ ।

क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो ।

कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा  क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु  षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।

यता निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरित जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको बताउँदै जिल्लाका पूर्वमाहासचिव बजरङ्ग नेपालीले भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले आजै कांग्रस महोत्तरीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

सो क्रममा उनले विवादित ठाउँहरूको विवाद नटुङ्याएसम्म अधिवेशन गरे भोक हडताल गर्ने घोषणा गरे । नेता नेपालीको हडताललाई समेत मध्यनजर गर्दै  क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले माग गरेको छ ।

Avatar