logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनताले तिरेको कर जनताकै हितका लागि प्रयोग गर्न अर्थमन्त्री खतिवडाको आग्रह


अंकुरण खबर
3.315K
Shares

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनमा स्वच्छता कायम गर्न आग्रह गरेका छन् ।

आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई औपचारिक बनाउन अनौपाचारिक क्षेत्रलाई पनि करमा समावेश गरिएको भन्दै जनताले तिरेको कर जनताकै हितका लागि प्रयोग गरिएको बताए ।

जनताले तिरेको करको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले इलेक्ट्रोनिक कर प्रणाली भित्र्याउन आवश्यक रहेकोमा जोड दिए । स्वच्छ कर प्रशासन विकास र सुशासन भन्ने मूल नाराका साथ मनाइएको कर दिवसमा सहभागी व्यवसायीहरुले सरकारले करको दर र दायरा दुवै असीमित ढंगबाट बढाएको आरोप लगाए ।

कर तिरे अनुसारको सेवा सुविधा नपाएको उनीहरुको भनाइ थियो । कार्यक्रममा उत्कृष्ट करदाता र कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।