संखुवासभाको चैनपुर नगरपालिकाले नगर भित्रका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ ।
चैनपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको हो ।
मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपाङ्गता भएका व्यक्तिका परिवारलाई सात दिने मौरीपालनसम्बन्धी तालिम सहित मंगलबार मौरीसहितको घार वितरण गरिएको उनको भनाइ छ ।
घार सहितको मौरी वितरण गर्दै नगर प्रमुख खत्रीले सहभागीहरूलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीहरूलाई थप सहयोग समेत गर्ने धारणा राखे । ११ वटै वडाबाट छनोट भएका ३३ अपाङ्गताभएका परिवारलाई घार सहितको मौरी वितरण गरिएको उनले बताए ।
अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा १४ देखि २० पुस सम्म मौरीपालन सम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए ।