logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देश भरी ४ सय ३५ जना कोभिड संक्रमित थपिए


अंकुरण खबर
1.183K
Shares

पछिल्लो २४ घण्टामा आज देश भरमा ४ सय ३५ जना कोभिड संक्रमित भेटिएका छन् ।

१० हजार २ सय ६७ जनाको नमुना परीक्षण गर्दा ४ सय ३५ जनमा कोरोना संक्रमण देखिएको हो भने आज नै २ सय ६९ जना संक्रमणमुक्त भएका छन्  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ भने आज कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।