logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पृथ्वीराजमार्ग स्थित फिस्लिङमा अवरुद्ध बाटो सुचारु


अंकुरण खबर
1.729K
Shares

चितवनको इच्छाकामना गाउँपालिका–३ पृथ्वीराजमार्गस्थित फिस्लिङमा अवरुद्ध बाटो खुलेको छ ।

आज दिउँसो १२ बजेदेखि स्थानीयले काठमाडौं जोड्ने राजमार्ग अवरुद्ध गरेका थिए । चौकीबाट भाग्ने क्रममा स्थानीय युवाको मृत्यु भएपछि स्थानीयहरुले शंकास्पद भन्दै बाटो अवरुद्ध गरेका हुन् । स्थानीय, आफन्तसंगको सहमति पछि बाटो खुलाईएको जिल्ल प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना बारे थप अनुसन्धान हुने बताए । इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको अस्थाइ प्रहरी पोष्ट फिस्लिङबाट भाग्ने क्रममा हामफाल्दा लडेर आज विहान मृत्यु भएको थियो । मृतक कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत थिए ।

गएराति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर आज विहान फर्किने क्रममा गाडीभित्र कँडेलले अभद्र व्यवहार गरेपछि उनलाईसंगै रहेका प्रहरी जवानले अस्थाइ प्रहरी पोष्ट फिस्लिङमा राखेको थियो । प्रहरी जवान शौचालय गएपछि चौकीबाट भाग्न खोज्दा कँडेलको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।