logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व-उपसचिवको कलंकीस्थित घरमा गोली प्रहार


अंकुरण खबर
2.093K
Shares

काठमाडौं – कलंकीको एक घरमा गोली प्रहार भएको छ । काठमाडौंको कलंकीमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा सोमबार राति गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

तीन तले घरको तेस्रो तलामा घर भन्दा बाहिरबाट हानेको गोली लागेर कोठाको झ्याल फुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन् । गोली तारको जाली छेडेर भित्र पसेको भए पनि कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए ।

घटनास्थलबाट एक राउण्ड सानो गोली बरामद भएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । गोली प्रहार गर्ने फरार छन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।