logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटारमा छुट्टा-छुट्टै जमघट


अंकुरण खबर
1.716K
Shares

काठमाडौं – सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा नेताहरुको जनघट बाक्लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पूर्नगठन गर्ने तयारी गरेपछि दाहाल निवास खुमलटारमा सरकारमा रहेका फालिने सम्भावित मन्त्रीदेखि नयाँ नियुक्त हुने मन्त्रीहरु सम्मका विषयमा नेताहरुबीच छलफल भइरहेको हो ।

छलफलका लागि सोमबार बिहान नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको जमघट रहेको स्रोतले जानकारी दिएको छ ।

मन्त्री महासेठ क्याबिनेट भित्रका डेन्जर जोनका सम्भावित मन्त्री हुन् । करिब १ घण्टादेखि यी ५ नेताहरु बीच छलफल भइरहेको खुमलटार स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले दाहालसँगको छलफलपछि फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने तयारी गरेका छन्।

ओलीले दाहालसँग सोमबार नै छलफल गर्दैछन् । ओली-दाहालको अन्तिम छलफलपछि ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेछन् ।