logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले : हुम्लाको जिल्ला अधिवेशन स्थगित


अंकुरण खबर
676
Shares

नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ ।

हुम्ला सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ । यस्तै उक्त बैठकले नेकपा (एमाले) मा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ ।

बिहिबार बिहानदेखि सिमकोट लगायतका स्थानमा बाक्लो हिमपात भएको छ ।