logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
1.482K
Shares

होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

धनगढीमाई नगरपालिका – ११  मा धनगढीमाई नगरपालिका – १० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा  पेट्रोल  छर्केर आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका – १२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका – २ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् ।

लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब एक लाखभन्दा बढीको नोक्सान भएको छ ।