अब मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) मार्फत जुनसुकै बैंकको एटिएम बुथबाट पनि पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै नि:शुल्क एटिएम सेवाको सुरु गरेको हो ।
मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर ( सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तर्गतको बैंकको एटिएम बुथबाट रकम झिक्न सिकिने व्यवस्था गरेको बैंकले जानकारी गराएको छ ।