logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

घरको पर्खालले किचेर मजदुरको मृत्यु


अंकुरण खबर
1.066K
Shares

मोरङको बेलबारी नगरपालिका-१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।

ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका – १ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।