यो साता सुनमाको मूल्य २ हजार ३०० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन हिजो शुक्रबार ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आइबारको तुलनामा हिजो शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको हो ।
सुनचाँदी व्यवसाय महाससंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।