स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार २६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ९ सय ४४ जनामा संक्रमण देखिएकोमा काठमाडौं उपत्यकामा मात्रै ४ सय ८१ जना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३६२ जना छन् भने ललितपुरमा ९४ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन् ।
आज देशभर २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने आज कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भएको छैन ।