logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु


अंकुरण खबर
442
Shares

सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट जलजले खण्डमा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा विपरीत दिसाबाट आएको टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट बजारबाट जलजलेतर्फ जाँदै गरेको प्र २–०१ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आएको स१ख ७२१ नम्बरको टिपर एक आपसमा ठोकिएको जनाएको छ ।

दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका ३१ वर्षीय दिलीप दुलालको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार दुलालको विराटनगर स्थित न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक त्रियुगा नगरपालिका–५ देउरीका ३२ वर्षीय प्रभुनारायण चौधरीको न्युरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जनाएका छन् ।

त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ताका ३६ वर्षीय चालक मेखबहादुर राउतलाई सवारी साधन सहित नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।