logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : तीन प्रदेशमा चट्याङसहित वर्षा, धेरै स्थानमा हिमपातको सम्भावना


अंकुरण खबर
455
Shares

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति पनि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि दिएको छ ।

‘सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एकरदुई स्थानहरूमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।