logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले बैतडीको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता


अंकुरण खबर
624
Shares

नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको हो ।

पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उमेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उमेदवारी दिएका छन् ।

यसैगरी चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा, सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उमेदवारी दिएका छन् ।

सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।

आजै बिहान ११ बजेबाट मतदान हुनेछ भने जिल्लाभरीबाट ५ सय ३५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।