logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन व्यस्त छन् टोखावासी (फोटो फिचरसहित)


अंकुरण खबर
832
Shares

काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ।

Avatar

शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो ।

Avatar

उखुको रसबाट सख्खर बनाएर चाक्कुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो।

Avatar

माघे संक्रान्ति नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् ।

Avatar

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका  अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।

Avatar

एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन ।

Avatar

Avatar

Avatar

Avatar