logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कश्मीरमा हिमपहिरो, ६ जनाको मृत्यु


अंकुरण खबर
858
Shares

भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना सैनिक र दुईजना भरिया रहेका छन् ।

आठजना सम्मिलित टोली हिमशृङ्खलाको करिब १९ हजार फिटको उचाइमा गस्ती गर्ने क्रममा हिमपहिरोमा परेका हुन् ।

पहिरो लगत्तै उनीहरुलाई उद्दार गरिएपनि बचाउन नसकिएको भारतीय सेनाले जनाएको छ । अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । सियाचिन क्षेत्रको सार्वभौमिकतालाई पाकिस्तान र भारत विच विवाद रहेको छ ।

सो क्षेत्रमा दुबै देशका सेनाले गस्ती गर्दै आएका छन । उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ । सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको थियो । त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको मृत्यु भएको छ। यसअघि सन २०१६ मा पनि दश सैनिकको मृत्यु भएको थियो ।