कोराना भाइरसको यो नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पुस २३ गते २४ जनालाई ओमिक्रोन देखिएसंगै नेपालमा ओमिक्रोन सक्रमितको संख्या २७ पुगेको छ ।
नेपालमा ओमिक्रोन देखिएसंगै यो संक्रमण फैलिसकेको हुन सक्ने जनस्वास्थ्यविद्धहरुले अनुमान गरेका छन् ।
ओमिक्रोन देखिएका विश्वका कतिपय देशहरुले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन् ।
तर, नेपालमा ओमिक्रोन देखिएपछि सरोकारवाला निकायहरुको बैठक बसेको भएपनि त्यसको ठोस निर्णय हुन सकेको छैन् ।
ओमिक्रोन पत्ता कसरी लगाइन्छ
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा।शेरबहादुर पुनका अनुसार सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ।
पीसीआर विधिले मानिसमा कोरोनाभाइरस संक्रमण छ कि छैन भनेर हेर्ने गर्दछ । पीसीआर परीक्षण गर्दा अगाडी नै मेसिनहरु मिलाइएको हुन्छ । त्यो मिलाएको बाहेक अरु रिजल्ट आएमा ओमिक्रोन हो भन्न सकिन्छ ।
पीसीआर परीक्षणले भाइरसका भागसँग सम्बन्धित तीन वटा जीन खोज्छ,स्पाइक क् न्युक्लिओक्याप्सिड ल्द्द र एन्भोलोप वा बाह्य खोल भ् यदि स्पाइक क् जीन पत्ता लागेमा ओमिक्रोन हुनसक्छ । तर परीक्षण पुष्टि गर्न पुरै जीनको विश्लेषण गरिन्छ ।
ओमिक्रोनका लक्षणहरू के हुन्
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट संक्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ।
यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन् ।
केही देशमा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्।
सुरुमा दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका थिए । तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस थिए ।
यसले के देखाउछ भने कोरोनाविरुद्वको पूर्ण मात्रामा खोप लगाउँदा वा अतिरिक्त बूस्टर डोज लगाउँदा पनि नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ।
ओमिक्रोनमा प्रयोग हुने जीन सीक्वन्सिङ के हो
जिन सिक्वेन्सिङ, कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो । भाइरसको जेनेटिक आणुवांशिक बनावटलाई डिकोट गर्ने परीक्षण नै जिन सिक्वेन्सिङ हो ।
आनुवंशिक तत्त्वको सूक्ष्म निरीक्षण गरेर वैज्ञानिकहरूले कुनै व्यक्तिमा ओमिक्रोनको संक्रमण छ वा विद्यमान र तीव्र गतिमा फैलिएको डेल्टा भेरिअन्टको संक्रमण छ भन्ने पहिल्याउन सक्छन्।
यो प्रक्रियाले विश्लेषण गरिएको स्वाबका बारे मात्र जानकारी दिन्छ। तर प्राप्त परिणामका आधारमा वैज्ञानिकहरूले नयाँ संक्रमणको कति अनुपात नयाँ भेरिअन्ट हुन सक्छ भन्ने आकलन गर्छन्।
यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरू यो प्रविधि प्रयोग गर्ने मामिलामा अग्रपङ्क्तिमा छन्।
त्यसैले यी देशमा धेरै संक्रमितमा ओमिक्रोन पुष्टि भएको छ। तर यो नयाँ भेरिअन्ट त्यहीँ उत्पत्ति भएको सङ्केत भने होइन ।
ऐजेन्सीको सहयोगमा