काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले आज भुटानको थिम्पुस्थित रंगशालामा कुवेतसँग खेल्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
नेपालको दशरथ रंगशाला अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार नबनेपछि नेपाल र कुवेतबीचको खेल भुटानमा हुन लागेको हो । बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।
छनोटको समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
खेलका लागि भुटान उड्ने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी नाइट क्लवमा गएको पाइएपछि उनीहरु बर्खास्तमा परेका थिए ।