logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कामनपाले हप्ताको चार दिनमात्रै फोहोर उठाउने


अंकुरण खबर
1.196K
Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ । नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो ।

यसअघि १२, १८ र २१ वडामा सुरु गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए ।

उनका अनुसार अबको एक महिनाभित्र सो व्यवस्था लागू भइसक्नेछ । विभागले ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई विशेष तालिम दिएपछि नयाँ व्यवस्था सुरु गर्न लागेको हो ।

‘पहिलो चरणमा वडाध्यक्ष र सदस्यलाई यसबारे तालिम दिन्छौं, त्यसपछि उहाँहरुको अग्रसरतामा फोहोर व्यवस्थापन सुरु गछौं ।‘

विभागका प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले भनिन् । विभागले उक्त कामका लागि स्थानीय क्लब, पुचः महिला समूहलगायत सामाजिक निकायसँग पनि समन्वय गर्नेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।