काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि मंगलबार १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।