logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु


अंकुरण खबर
1.079K
Shares

भक्तपुर नगरपालिकाले आज देखि पहिलो चरण अन्तर्गत भक्तपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेको छ ।

खोप लगाउन आउने विद्यार्थीहरुले विद्यालयको परिचय पत्र अनिवार्य साथमा ल्याउनु पर्ने छ ।

खोप अभियान विहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ ।

यो खेप लगाउनका लागि भक्तपुर नगरपालिकाले विभिन्न विद्यालय तथा कलेजहरुमा खोप केन्द तोकेको छ ।