logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

भोलिदेखि देशभरको मौसममा सुधार आउने


अंकुरण खबर
832
Shares

जल तथा मौसम विज्ञान विभागले भोलिदेखि देशरभको मौसममा सुधार आउने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भने देशका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश १ र प्रदेश २ सहित पहाडी भूभागमा सामान्य बदली हुनेछ। देशका बाँकी भागमा भने मौसम सफा रहनेछ ।

आज दिउसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनेछ ।

यस्तै, बिहीबार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुनेछ। देशभर आंशिक बदली रहने र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।