logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि नेप्सेमा गिरावट


अंकुरण खबर
910
Shares

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा निरन्तर गिरावट कायम रहेको बजार मंगलबार पनि घटेको छ । मंगलबार नेप्से १.१४ अंकले घटेर परिसूचक ११२९.९९ बिन्दुमा झरेको हो ।

कुल १६३ वटा कम्पनीको १० लाख १६ हजारभन्दा बढी कित्ता शेयर २५ करोड ९३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचकसँगै कारोबार रकम र शेयर संख्या पनि घटेको छ ।

आज कारोबारमा आएका समूहमध्ये बैकिङ, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहबाहेक बाँकी सबै समूह बढेका छन् । आज एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड २० लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतले घटेको छ ।

परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले बढेको छ ।