logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तान: कडा जाडो छल्न प्लास्टिक बाल्न थाले मानिसहरू (भिडियो सहित)


अंकुरण खबर
1.157K
Shares

हिउँद याम शुरू हुँदै गर्दा अफगानिस्तानको मानवीय सङ्कट पनि बढ्दो छ ।

तालिबानले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय नाकाबन्दी कायम छ र अर्थतन्त्र ओरालो लागेको छ ।

यस अघिको अफगान सरकारको पतन र पश्चिमा सहयोग फिर्ता हुँदा बेरोजगारी तीव्र रूपमा बढेको छ । केहीले मात्र आफ्ना परिवारलाई खाना उपलब्ध गराउन सकेका छन् र आफ्नो घर न्यानो राख्न सकेका छन् ।

दश लाख बालबालिका कुपोषणको खतरामा परेका छन् । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका लागि सहयोग उपलब्ध गराउन आपत्कालीन अनुरोध गरिसकेको छ । बीबीसीको सहयोगमा