logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मिलमा सल बेरिएर महिलाको मृत्यु


अंकुरण खबर
455
Shares

चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कुट्ने क्रममा सल बेरिदाँ मृतक बोहराको शरीर दुई भाग भएको छ ।

उनका दुई छोरा दुई छोरी छन ।