logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदाताका लागि उपनिर्वाचन सरकारलाई सच्चिन दबाब दिने अवसर : कांग्रेस


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – नेपाली कांग्रेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताएको छ ।

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताको हातमा अवसर आएको बताएका हुन् । सरकारले २१ महिना पूरा गरेको अवसरमा कांग्रेसले २१ बुँदामा सरकारको टिप्पणी गरेको छ ।

सरकार राष्ट्रियताको विषयमा कमजोर रहेको, संविधान संशोधन गर्न नसकेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, वाइडबडीलगायतका अनियमितताको घटना छानबिन गर्न नसकेको कांग्रेसको आरोप छ । बुढीगण्डकी आयोजनामा कम्युनिस्ट सरकारको राष्ट्रघात देखिएको प्रवक्ता शर्माले बताए ।