logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज थप ३ हजार ७५ जनामा कोरोना पुष्टि २ जनाको मृत्यु


अंकुरण खबर
1.287K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यस्तै, गरी २४ घण्टामा २ सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै १ हजार १ सय २८  जना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ११ हजार ६९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।