logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज कति छ सुनचाँदीको मूल्य ?


अंकुरण खबर
1.079K
Shares

सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला १ सयले बढेर ७२ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।