logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री हेरफेरको टुंगो लगाउन बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु


अंकुरण खबर
728
Shares

काठमाडौं – मन्त्रिपरिषदमा हेरफेर हुने मन्त्रीको टुंगो लगाउन बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

बुधबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको हेरफेर गर्दैछन्। मन्त्री हेरफेरका लागि बुधबार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

दुई अध्यक्षबीच छलफल लगत्तै उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटनका लागि शीतलनिवास पुगेका थिए।राष्ट्रपति भण्डारीसँग छलफल लगत्तै नेकपा सचिवालय बैठक बसेको हो।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता ईश्वर पोखरेल भने उपस्थित छैनन्। उनीहरु दुवै जना विदेशमा रहेको बताइएको छ।