बैतडी, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत फेला परेका छन ।
मंगलवार स्थानीय धुरा जात्रामा मेला हेरेर आएका चन्द बुधबार विहान ११ बजे वडा नम्बर ४ को कडैगैरमा मृत अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।
मेला हेरेर बेलुकी ६ बजे फर्केका उनी मुल बाटोबाट ८ मिटर तल टाउकोमा घाउ भएको अवस्थामा फेला परेका हुन् । घटना बारे विस्तृत अनुसनधान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
५७ वर्षिय चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा बिजय भएका थिए ।