logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपसभामुखद्वारा राजीनामा अस्वीकार


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामापछि मन्त्री बनाउने आश्वासन दिएका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।

तर तुम्बाहम्फेले भने ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेको स्रोतको दाबी छ ।