logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई सरकार र प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने नेकपाको निर्णय


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवाल बैठक सकिएको छ । नेकपाको कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि केपी शर्मा ओलीले नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर बैठकको अध्यक्षता भने संयुक्त गर्ने गरिएको थियो ।

कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले पत्रकारहरुसँग कुरा गर्दै  “एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्नुहुनेछ । तर दुवै नेताको वरीयता भने बराबर हुनेछ । पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ ।”

सचिवालयले सरकारको जिम्मेवारी पार्टी अध्यक्ष केपी ओली र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

मन्त्रिमण्डल हेरफेरबारे भने बैठकमा कुनै छलफल नभएको उनले दाबी गरे । मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएका कारण आजको बैठकमा यस बारेमा कुनै छलफल नभएको उनले बताए ।