सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको १०० दिनमा आफूले गरेका प्रगति सार्वजनिक गरेकी छन्।
सिंहदरवारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गरी आफूले १०० दिनको अवधिमा गरेका ३७ कामको सूची सार्वजनिक गरेकी हुन्।
आफ्नो मन्त्रालयमा १७ प्रतिशत विकास खर्च गरेको उनको दाबी छ।
गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।





