logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी


अंकुरण खबर
897
Shares

पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरू बैठकमा सहभागी भएका छन् ।

बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।

बैठकमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि गरेको तयारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जारी राखेको अवरोध र कोरोना महामारीका विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ ।

सरकार संचालनमा सहयोग गर्ने उद्देश्यले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् ।

समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू छन् ।