logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

संखुवासभामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


अंकुरण खबर
1.456K
Shares

संखुवासभा, चिचिला गाउँपालिका–१ कुवापानीमा आज बिहान ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोटखोला–५ का अन्दाजी २२ वर्षीय मनोज तामाङ रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खाँदबारीबाट नुमतर्फ जाँदै गरेको ग १ त ४१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।