logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
1.82K
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७९  पैसा र बिक्री दर ११९ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३८  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६७ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६९ पैसा र बिक्री दर १३० रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७१ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१ रुपैयाँ ८३ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नौ रुपैयाँ ९८ पैसा र बिक्री दर १०  रुपैयाँ  तीन पैसा कायम भएको छ ।