logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाडाको ट्याक्सी चढेर सिंहदरबारबाट निवास फर्किए गोकर्ण विष्ट


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएका निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्।

बुधबार साँझ प्रधानमन्त्री ओलीले गरेको मन्त्रीमण्डल हेरफेरमा बर्खास्तगीमा परेका मन्त्री बिष्ट बिहीबार मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएका हुन् ।

उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक काम गरेको बताए। आफू मन्त्रीमा रहँदा वैदेशिक रोजगारमा ठगिने युवा, श्रमिक र बेरोजगारका पक्षमा इमान्दारितापूर्वक ज्यामी माहुरीले झै काम गरेको दाबी गरे ।

विष्ट मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिएका छन् । मन्त्रालयबाट सिंहदरबार दक्षिण गेटसम्म पैदल आएका उनी भाडाको ट्याक्सी मार्फत निवास तिर लागेका हुन् ।