logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको भेटवार्ता


अंकुरण खबर
1.04K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले उनीहरुबीच भेटवार्ता चलिरहेको छ ।

बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।