logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन साढे तीन लाख कोभिड संक्रमित 


अंकुरण खबर
572
Shares

भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ ।  यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ ।

कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् । एजेन्सी