logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

थुनामा राख्ने आदेश विरुद्ध महराद्वारा उच्च अदालतमा निवेदन


अंकुरण खबर
2.145K
Shares

काठमाडौं – पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन ।

एक तह मुनीको अदालतले गरेको आदेश विरुद्ध पुनरावअलोकनका लागि एक तह माथिको अदालतमा आवेदन गर्न पाउनु कानुनी व्यबस्था छ । सोही अनुरुप महराले निवेदन दर्ता गराएको महराका कानुन व्यसायी मुरारी सापकोटाले जानकारी दिएका हुन।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।